- सुदिप खवास
बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका स्थित वडा नम्बर २ मा पाँच दिने खेलकुद महोत्सव सोमबार (आज) देखि शुरु भएको छ। खेलाडी उत्पादन तथा खेल प्रवर्धन गर्ने उद्देश्यले वडा खेलकुद समितिको आयोजनामा महोत्सव गरेको समितिका अध्यक्ष कमला लिम्बुले बताए । वडा खेलकूद वडा समिति अध्यक्ष लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख अतिथ्य रहेको थियो ।
महोत्सबमा फुटबल, भलिबल र क्रिकेट खेल समावेश गरिएको छ भने जसमा सबै खेल गरेर जम्मा २३ टिमले सहभागिता जनाउने समितिका अध्यक्ष लिम्बुले बताइन् । कार्यक्रमका प्रमुख अतिथि संग्रौलले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।
पाँच दिनसम्म संचालन हुने खेलकुद महोत्सबको उद्घाटन कार्यक्रममा वडाध्यक्ष किशोर पौडेल, हेमराज ओली, देवीप्रसाद खरेल, सागर पकवाल, खेमराज गिरीलगायतको उपस्थिति रहेको थियो । खेल महोत्सवको अनुमानित बजेट दुई लाख पचास हजार रहेको समितिका सचिव टंक सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार १० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ। उद्घाटन कार्यक्रममा खेमराज गिरीले स्वागत गरेका थिए भने संचालन सचिव सिग्देलके गरेका थिए।