बिर्तामोड । 

धरान ११ निवासी ४३ वर्षीया हेमा सुनारको ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा प्रफेसर डा. अजय अग्रवालले उनको ट्युमर  निकालेका हुन् ।

‘हामीले उपचार गरेको महिलाको पाठेघरको बहिरीभाग सुन्निएको र ट्युमर पलाएकाले  पाठेघर नै फाल्नु पर्ने अवस्था थियो’ डा. अग्रवालले भने सानो आन्द्रा समेत जोडिदा पाठेघर फाल्न सहज थिइन तर, दुरविनको माध्यमबाट पेट नचिरिकन सानो – सानो प्वाल बनाएर सर्जरी गर्दै सहज रुपमा उनको उपचार गरेका हौं ।’

पछिल्लो समय ओपन सर्जरीको सट्टा ‘ल्याप्रोस्कोपिक सर्जरी’ लोकप्रिय बन्दै गएको छ डा अग्रवालले भने ‘हामीले ओपन सर्जरी भन्दा सहज र सरल तरिकाले हेमाको उपचार सम्भव गरेका हौं ।’  

अन्य अस्पतालले पाठेघर नै फाल्नु पर्छ भनेका रहेछन् तर, हामीले पाठेघर  नफाली ट्युमर मात्रै  निकाले र फालेका छौ’ं डा अग्रवालले भने ‘जटिल शल्यक्रिया भएपनि उनको टासिएको सानो आन्द्रालाई समेत हामीले छुट्याएर सहज र सफल उपचार गरेका हौं ।’ 

अस्पतालले सहज रुपमा आफ्नो ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालेको भन्दै हेमाले खुशी व्यक्त गरेकी छिन् ।  धरानमा भन्दा सहज र सजिलै  छिटो मेरो उपचार भयो उनले भनिन् – शुरुमा पत्यार लागेको थिएन म पनि साथी मार्फत यहाँ उपचारका लागि आएकी थिए तर, यहाँ गर्ने व्यवहार र उपचारले प्रभावित भए ।   

आफ्नो बसाई हङ्कङ्ग भएपनि केही समय अघि आफू नेपाल आएको र उपचारका लागि काठमाडौंका दुई वटा अस्पताल (मेडिसिटी , अल्क)मा देखाएकी थिए तर त्यहाँ पाठेघर नै फाल्नु पर्छ भनेकाले उपचार गर्न आँट आएन उनले भनिन ‘तर बिर्तासिटी अस्पतालमा ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत सहजै उपचार पाएँ म ज्यादै खुशी छु ।’ 

आफूले हङ्कङ्गमा समेत उपचारका लागि डाक्टरसंग परामर्श गरेको तर, त्यहाँपनि त्यही भनेकाले उपचार गराएकी थिइन् उनले भनिन् ‘बिर्तासिटी अस्पतालमा डा.अग्रवालले राम्रो गर्नु हुन्छ भन्ने सुनेर आएकी हुँ यहाँ साच्चै राम्रा नै भयो ।’ 

त्यसो त डा अग्रवालले यो प्रविधिबाट सुनारको मात्र होइन धेरैको सफल उपचार गरेका छन् । उनले पाठेघरको ट्युमर सहित प्रसुति र निःशन्तान दम्पत्तिको समेत उपचार गर्दै आएका छन् । पछिल्लो एक वर्षदेखि उनले बिर्तासिटी अस्पतालमा ओपीडी सहित ६ हजार भन्दा धेरैको उपचार गरेको अस्पतालका प्रशासन प्रमुख विनोद वस्नेतले जानकारी दिए । 

अस्पतालका कार्यकारी निर्देशक आनन्द वस्नेतले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताएका छन् । उनले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवालाई समेत थप स्तरोन्नति गर्दै लगेको र आम नागरिकलाई सुलभ रुपमा सेवा उपलब्ध गराउदै आएको बताए ।  निर्देशक बस्नेतले अस्पतालमा  स्वास्थ्य विमा समेत लागू गर्ने बताएका छन् ।

 यता अस्पतालका स्वास्थ्य निर्देशक डा अनिल कुमार वस्नेत अस्पतालले सेवा प्रभावहा  कुनै कुरा वाँकी नराखेको बताएका छन् । उनले सबै उपचार एकै ठाउँमा गर्ने गरीको तयारी भइरहेको बताए । उनले भने हामीले सेवालाई थप प्रभावकारी बनाउँदै लगेका छौं अब सबै खाले उपचारका लागि भारत लगायत अन्यत्र जानु पर्ने अबस्थाको अन्त्य गर्छौ ।