बिर्तामोड ।
देशमा रहेको चरम आर्थिक संकट र चरम महंगीले जनताको जनजीवन अस्तव्यस्त बनिरहेको अवस्थामा कुनैपनि बहानामा अभिभावकसँग शुल्क नलिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्किारी) झापाले आग्रह गरेको छ ।
अखिल (क्रान्तिकारी) झापाले बिज्ञप्ती जारी गर्दै आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयलाई कुनैपनि बहानामा अभिभावकसँग शुल्क नलिन आग्रह गरेको हो ।
त्यस्त्ै संस्थागत विद्यालयहरुलाई पनि विभिन्न शीर्षक राखी भर्नाको नाममा लिइने शुल्क नलिन, मसिक शुल्कबृद्धि नगर्न समेत बिज्ञप्तीमा भनिएको छ । अखिल (क्रान्तिकारी) झापाले राज्यले दिने पाठ्य पुस्तकको समयमा आपूर्ति गर्न सरकार समक्ष माग गरेको छ ।
‘संस्थागत विद्यालयहरुलाई अनावश्यक पाठ्यपुस्तकको भारी विद्यार्थीलाई नबोकाउन आग्रह गर्दछौ’ अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रन्जन धमालाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘जिल्लाभर रहेका पुस्तकका थोक तथा खुद्रा व्यापारीहरुलाई निश्चित प्रतिशत अभिभावकहरुलाई राहत हुने गरी छुट दिन तथा नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रको स्वीकृति पत्र नरहेका पुस्तकहरु विक्री नगर्न समेत अनुरोध गर्दछौं ।’