चारपाने । 

देशकै सबैभन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले लागूऔषध सम्बन्धि जनचेतना तथा शैक्षिक सामाग्री वितरण गरेको छ । 

साकोसको २८ औं स्थापना दिवसको अवसर पारेर मंगलबार काँकरभिट्टा सेवा केन्द्रले मेचीनगर–४ को पशुपति माबिमा अध्ययनरत ३० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा बिद्यालयलाई खेलकूद सामाग्री वितरण गरेको साकोसका कर्मचारी यादबप्रसाद घिमिरेले जानकारी दिए । बिद्यार्थीलाई शैक्षिक सामाग्री अन्तरगत कापी तथा डटपेन र बिद्यालयलाई खेलकूद सामाग्री अन्तरगत फुटवल र भलिवल प्रदान गरिएको जनाइएको छ । 

लागूऔषध सम्बन्धि जनचेतना मुलक कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दीपक भारती र फाउण्डेशन नेपालका सन्दिप थापाले सहजीकरण गरेका थिए ।

सेवा केन्द्र सहयोग उपसमिति संयोजक ज्ञानेन्द्रकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सेवा केन्द्र प्रमुख खेमराज पुरीले गरेको कार्यक्रमको सञ्चालन सेवा केन्द्र उपसमिति सदस्य राजकुमार राउतले गरेको कर्मचारी घिमिरेले जानकारी दिए ।