घैलाडुब्बा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था घैलाडुब्बा सेवा केन्द्रले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ सकोसको २८ औं स्थापना दिवसमा मंगलबार (आज) घैलाडुब्बामा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले जानकारी दिइन् ।

सहारा नेपाल साकोसको आयोजना तथा  रेडक्रस सोसाइटी उप–शाखा कनकाई ९ को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएको हो । सेवा केन्द्र उप–समिति संयोजक दिब्यश्वरा उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो ।

sahara ghailadubba

कार्यक्रममा घैलाडुब्बा युवा क्लबका अध्यक्ष गोबिन्दप्रसाद उप्रेती, बजार ब्यवस्थापन समिति अध्यक्ष सागर ढकाल, कोच राजवंशी संस्कृति तथा पर्यटन केन्द्र अध्यक्ष प्रेमप्रसाद राजवंशी, जेष्ठ नागरिक चौतारी अध्यक्ष धनपति मैनाली, ईस्टन एभरेष्ट बोडिङ स्कुलका प्रधानाध्यपाक केशवप्रसाद शर्मा, रेडक्रस मन्त्री चन्द्रप्रसाद चुडाल, आदर्श बिद्या मन्दिरका सुशिलकुमार श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।

स्वागत रेडक्रस सोसाइटी उप–शाखा कनकाई ९ का सभापति बिष्णुप्रसाद चुडालले गरेको कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख निर्माला प्रसाईले गरेकी थिइन् ।