शनिश्चरे । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शनिश्चरे सेवा केन्द्रले संस्थाको २८ औं स्थापना दिवसको अवसरमा एकदिने लागूऔषध तथा दुव्र्यसन बिरुद्धको जनचेतना मुलक कार्यक्रम गरेको छ । 

सहारा नेपाल साकोसको शनिश्चरे सेवा केन्द्रले आइतवार (आज) शनिश्चर बहुमुखी क्याम्पसमा  स्नाहतक तह अध्ययनरत दुई सय बढी बिद्यार्थीलाई लागू औषध तथा दुव्र्यसन बिरुद्धको जनचेतना मुलक कार्यक्रम गरेको हो । कार्यक्रम गर्नु अघि सेवा केन्द्रको र्यालीले शनिश्चरे बजार परिक्रममा गरेको थियो । 

सहयोग उप–समिति सयोजक छबिलाल शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष गोबिन्दप्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको सेवा केन्द्र प्रमुख दीपक ओलीले जानकारी दिए । 

कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी तथा कार्यक्रमका बिशेष अतिथि सुरज कार्कीले गरेका थिए । स्वागत तथा साकोसको आगामी कार्ययोजनाका बारेमा साकोसका लेखा सुपरिवेक्षण सदस्य शंकर सुवेदीले गरेको कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख दीपक ओलीले गरेका थिए । कार्यक्रममा साकोसको अनुगमन कार्यालय बिर्तामोडका अनुगमन अधिकृत घनश्याम रायलगायतको उपस्थिति रहेको थियो ।