बिर्तामोड । 

नेपाल हाप्किडो मार्सलआर्टस् संघ झापाको अध्यक्षमा फूर्वा लामा चयन भएका छन् । समितिको उपाध्यक्षमा सौरभ प्रधान, सचिवमा तीलक योञ्जन, सह–सचिवमा बिकास गौतम र कोषाध्यक्षमा सुनिता तामाङ सर्व सम्मत चयन भएका छन् । 

त्यसैगरी सदस्यमा दावा शेर्पा, अर्विन पोद्धार, रमेश चौधरी, सुभला तामाङ, मेनुका मगर र विकास केसी चयन भएका छन् ।  

बिर्तामोडमा आइतवार(आज) भएको भेलाले यसअघि रहेको तदर्थ समितिलाई पूर्णता दिदै नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । संघका अध्यक्ष फूर्वा लामाको अध्यक्षतामा भएको भेलामा प्रदेशसभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तामाङ, खेलकूद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत समितिका सचिव तीलक योञ्जनले गरेको कार्यक्रमको सञ्चालन जिल्ला खेलकूद समिति झापाका कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।