बिर्तामोड । 

झापा बिर्तामोडको पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानले शब्द चित्रमा टुङ्गबहादुर बस्नेत ‘निष्ठाको शतक’ नामक पुस्तक बिमोचन गरेको छ । गोपालकुमार बस्नेतसहित श्यामकुमार बस्नेत, जितेन्द्रकुमार बस्नेतसहित परिवारले स्वर्गीय पिता टुङ्गबहादुर तथा माता पूर्णकुमारी बस्नेतको जीवनीमा आधारित  पुस्तक बिमोचन गरेका हुन् । 

बिर्तामोडमा सञ्चालित पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका गोपालकुमार बस्नेतसहित परिवारले स्वर्गीय पिता टुङ्गबहादुर तथा माता पूर्णकुमारी बस्नेतको शालिक अनाबरणसहित ‘निष्ठाको शतक’ नामक स्मृतिग्रन्थ बिमोचन गरेको हो । उक्त पुस्तकको बिमोचन शनिवार (आज) कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले गरेका हुन् । 

पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले आफु जिवितै हुँदा स्व.बुबाको आफ्नो बारेमा किताब प्रकाशन गर्ने इच्छा भएको बताउँदै बुबाको निधनपछि आफुहरुलाई त्यसको चिन्ता भएकोले पिताको इच्छा अनुसार नै पुस्तक प्रकाशन गरेको बताए । पिताको निधनपछि पिताका समकालिन साथीभाईहरुसँग स्मृति लेखि मागेर भएपनि बुबाको अनुभवलाई पुस्तकको रुप दिने परिवारमा सल्लाह गरेर पुस्तक प्रकाशन गर्न सफल भएको बस्नेतले बताए । 

gopal kumar

प्रतिष्ठानका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हस्पिटलका प्रशासन प्रमुख बिनोद बस्नेतले गरेका थिए । कार्यक्रममा समिरबाबु कट्टेलले सम्पादन गरेको पुस्तकको समिक्षा साहित्यकार बिष्णुकुमार भट्टराई र मेची बहुमुखी क्याम्पसका प्रध्यापक तारा विविधले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कानुन बिद् लीला उदासी, खबत्तरी बस्नेत वंशावलीका केन्द्रिय अध्यक्ष खड्गबहादुर बस्नेत, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बिमोचन कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, इतिहास बिद युद्धप्रसाद बैद्य, इलाम नगर प्रमुख केदार थापा, समाजसेवी टिएन भट्टराई, पूर्णनन्द शर्मा, हस्पिटलका कार्यकारी निर्देशक आनन्द बस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन डम्बर बस्नेतले गरेका थिए । 

पुस्तक ४०२ पानाको रहेको छ भने प्रतिष्ठानको यो पहिलो संस्करण हो । पुस्तकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङ, नेकपा (एकीकृत समाजबादी) नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्कालगायले शुभकामना दिएका छन् ।