झापा ।
आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका १५ हजार ८ सय ५८ जना बिद्यार्थीले परिक्षा दिदैछन् । एसईई परिक्षामा झापाबाट सामुदायिक बिद्यालय तर्फका १ सय २७ वटा र संस्थागत बिद्यालय तर्फका २ सय ३९ गरी जम्मा ३ सय ६६ वटा बिद्यालयका बिद्यार्थीको सहभागीता रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले जानकारी दिएका छन् ।झापामा इकाइले वटा परीक्षाकेन्द्र तोकेको उनले बताए ।
देशभरबाट एसईई परीक्षामा करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
आज बिहान ८ बजेबाट शुरु भएको परीक्षा चैत २९ गतेसम्म चल्नेछ । देशभरबाट एसईई परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय रजिस्ट्रेशन फाराम बुझाएको जनाइएको छ ।