• रन्जित परियार  

सालबारी । 

नागरिक आरोग्य कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकाको वडा नम्बर ११ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

‘मेरो स्वास्थ्य मेरो जीवन’ भन्ने नारासहित आफ्नो आहार बहार र जीवन शैलीले आफ्नो उमेर तय गर्ने भन्दै वातावरण सरसफाई र निस्संक्रमिकरणले जनताको स्वास्थ्यलाई सरल बनाउने भदै घरायसी जडिबुटीले लामो जीवन दिने  र आयुर्वेद औषधिको प्रयोग र फाइदा बारे कबिराज राजेन्द्र पोख्रेल र अनिल ठाकुरले सहजीकरण गरेका थिए ।

अभिमूखिकरणमा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, गृहिणी दिदिबहिनी लगायतको सहभागीता रहेको  कार्यक्रम कार्यबाहक अध्यक्ष पुर्ण बहादुर राईको अध्यक्षता सन्चालन भएको थियो ।