हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले शिक्षकहरूको तलब भुक्तानी दिन नसकेको खुलासा भएको छ । गाउँपालिकाले माघ, फागुन र चैत्र महिनाको तलब निकास गर्दा गापाले नियुक्ति गरेका करार शिक्षक, बाल विकास शिक्षकको तलब आधा मात्र निकासा गरेको पाईएको हो ।  शसर्त अनुदानका सबै शिक्षक र कर्मचारीको तलब पुरै निकासा भएपनि गाउँपालिकाको अनुदानका शिक्षक कर्मचारीको आर्थिक अभावले आधा मात्रै पठाएको गालिकाको लेखा शाखाले जनाएको छ । 

यता पालिकाका आर्थिक प्रशासन फाँट प्रमुख दीपक भट्टराईले संघीय सरकारबाट प्राप्त हुने राजश्व बाडफाँडको रकम समयमा र पूरा नआउने साथै आन्तिरिक स्रोत अत्यन्तै न्युन भएका कारण बिद्यालयका शिक्षकहरुलाई समयमा तलब भक्ता दिन समस्या भएको बताएका छन् । उनका अनुसार ढिलै भएपनि जसरी पनि शिक्षकले  तलब पाउनेछन् । 

गाउँपालिकाका कर्मचारीले मासिक तलब पूर्ण दिन सक्ने तर सबभन्दा न्युनतम तलब खाने शिक्षकको पूरा तलब निकासा नदिनु न्योचित नभएको स्थानीय अभिभावक खकेन राजवंशी  बताउछन् ।  ‘शिक्षकले तीन महिनामा तलब खादा पनि आधा निकास गर्ने यो कस्तो नीति हो ?’ राजवंशीले भने ‘अहिले पालिकाप्रति जनता आक्रोसीत भएका छन् ।’ उनले हल्दिवारी गाउँपालिकाले अनावश्यक खर्च गरिरहको आरोप लगाउँदै घुमाउरो पाराले सार्वजनिक शिक्षा ध्वस्त बनाउने रणनीतिमा गाउँपालिका लागेको आरोप लगाएका छन् ।  

राजवंशीले हल्दिवारी गाउँपालिकामा अध्यापन गराउने शिक्षक माथि नै भेदभाव भएको आरोप लगाएका छन् । केही समय अघि नेपालमै पहिलो पटक गाउँपालिकाका अभिभावकले आफ्ना छोराछोरीहरु र विद्यालयमा शिक्षकहरुको गतिविधि प्रत्यक्ष घरमै बसेर हेर्न सक्ने मोबाइल एप्स जोडान गरेर चर्चा बटुलेको थियो । २४ लाखवढी खर्च गरेर जडान गरिएको उक्त प्रविधि गाउँपालिकाको स्वागत योग्य कार्य थियो ।