झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभाग सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालय स्थापनाका लागि विभागले संघको समन्वय समितिलाई विभागले एउटा कोठा उपलब्ध गराएको हो ।

 समन्वय समितिले विभागमा म्यानपावर कम्पनीविरूद्ध परेका उद्धार, राहत, फिर्ता तथा क्षतिपूर्तिका उजुरीमाथि अनौपचारिक रूपमा छलफल गरेर सहमति गराई उजुरी फछ्र्यौटका लागि प्रयास गर्ने पनि संयोजक कर्णराज कटुवालले जानकारी दिएका छन् । 

विभागमा हाल साउदी अरेबिया तथा यूएईबाट फर्किएका कामदारहरूको उजुरी बढी मात्रामा पर्ने गरेका छन् । फर्किएका मध्ये अधिकांश कामदार व्यक्तिगत कारणले फर्किने गरेका भएपनि स्वदेश फर्केपछि क्षतिपूर्तिको माग गर्दै उजुरी दिने गरेको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ ।