• सुदिप खवास

बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका नगर खेलकुद बिकास समिति वडा नम्बर १० को अध्यक्षमा सुरेन्द्र तुम्रोक चयन भएका छन् । नगर खेलकुद बिकास समितिका अध्यक्ष बिकास गिरीको अध्यक्षतामा भएको भेलालले तुम्रोकको अध्यक्षता तथा वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य वडा खेलकूद समिति गठन गरेको हो । 

११ सदस्यीय समितिको उपाध्यक्षमा खड्गबहादुर गुरुङ र समिर कटुवाल रहेका छन् भने सचिवमा नरेन तामाङ चयन भएको छन् । त्यस्तै सदस्यमा सरन गुरुङ्ग, जीवन राइ, दुर्लभ तिवारी,अरुण गुरुङ, बिमल कन्दङ्वा र सपना लिम्बु चयन भएका छन् भने एकजना सदस्य वडा समितिको निर्णय अनुसार नियुक्ति गर्ने नगर सदस्य रमेश उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा खेलकुदको माध्यमबाट युवाहरुलाई कृयाशिल गराउँदै समाज रुपान्तरण तथा खेल क्षेत्रमा उक्त वाडमा मात्र नभएर सिङ्गो नगरमा खेलाडी उत्पादन तथा खेल बिकासका निम्ति सबै लागि परे एकदिन खेलकुद क्षेत्रमा नयाँ इतिहास रच्न कत्ति पनि समय नलाग्ने वडाध्यक्ष गुरुङले बताए । उनले यस बिषयमा गम्भिर भएर लाग्न खेलाडी तथा खेलप्रेमी सबैलाई आग्रह गरे । 

नगर उपाध्यक्ष आइतमाया लिम्बु शेर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालक नगर समितिका सचिव बिसन लिम्बुले गरेका थिए।