झापा।

झापाको हल्दिबारी गाउँपालिका वडा नं ४ मा शनिवार बृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। वडा नं ४ को आयोजना तथा मेची नेत्रालय काँकरभिट्टा को प्राविधिक सहयोगमा भएको आँखा शिविरमा हेल्पिङ हेण्डस एजुकेशनले रिडिङ ग्लास सहयोग गरेको थियो भने सिर्जनशिल युवा कल्बले स्वयंम सेवकको रूपमा सहयोग गरेको थियो ।

 शिविरमा ५०१ जनाले आँखा चेकजाँचको सेवा लिएका छन् भने ३७८ जनालाई चश्मा वितरण गरिएको थियो भने मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने २६ जना भएकोमा १२ जनालाई मेची नेत्रालय पठाइएको थियो । बाँकीलाई आज पठाउने व्यवस्था गरिएको छ। त्यसैगरी बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो। उक्त निःशुल्क वितरण गरिएको औषधी म्याद नागेको अवस्थाको भेटिएको हो ।

‘हल्दीबारीका स्थानीय युवा पंकज शाह भन्छन् ‘गलत कार्यको खबरदारी, हामी सचेत नागरिकको जिम्मेवारी’

‘शनिबार हल्दिबारि गा,पा, वार्ड नं,४ ले आयोजना गरेको एक दिने निःशुल्क आँखा शिविरमा जनतालाई  Date expiredभाको औषधि वितरण गरेर जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कोसिस गरिएको छ......जब डाक्टरले नै वितरण गरेको औषधी यस्तो निस्किन्छ भने डाक्टर के का लागि....एउटा गाउँमा नै ११ परिवारमा यस्तो भेटिएपछि अरुको त कुरै छाडौं......आगामी दिनमा यस विषयमा यस्तो न गरियोस भनेर यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । 

यता वडाध्यक्ष सन्तकुमार थापाले जनताको स्वास्थ्य उपचारको लागि निःशुल्क शिविर गरिएको बताउँदै औषधिका बिषयमा सत्यतथ्य छनविनका लागि सम्बन्धित निकायसँग स्पस्टीकरण माग गर्ने बताएका छन् । 

वडा कार्यालयले यसो भनेको छ । 

‘हल्दिबारी गाउँपालिका वडा नं ४ को आयोजना तथा मेची नेत्रालय काँकरभिट्टा को प्राविधीक सहयोगमा चैत ११ गते सञ्चालन भएको आँखा शिविरमा केही म्याद समाप्त भएका औषधी वितरण भएको भनेर आएको जन गुनासोलाई मध्यनजर गरी कहाँ र को बाट गल्ती भयो भनेर आयोजकले छानविन गर्ने प्रतिबद्धता गर्दछौं।

जनताको सेवाको लागि गरिएको कामको गलत उद्देश्य नभएकोले प्राविधिक त्रुटिलाई सच्याउने जानकारी गराउदछौं। साथै संयोगवश जो कसैलाई त्यो औषधी प्राप्त भएको भए स्वास्थ्य चौकीमा फिर्ता गरिदिनु हुन अनुरोध गर्दछौँ। हल्दिबारी गाउँपालिका वडा नं ४ परिवार ।’