बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र बहुमुखी महाबिद्यालयले बिबिध कार्यक्रम गरी २७ औं बार्षिकोत्सव मनाएको छ ।महाबिद्यालयले शनिवार बिर्तामोडस्थित क्याम्पस परिसरमा बार्षिकोत्सवका अवसरमा सम्मान तथा छात्रबृत्ति बितरण गरेको हो । 

त्यस्तै एमबिए, एमसिए, बिबिए र बिसिएमा भर्ना भएका बिद्यार्थीलाई स्वागत गरेको छ । गोमेन्द्र सम्मान अन्तरगत एकसय बर्ष नाघेका मुक्तिनाथ तिमल्सेना र मुक्तिनाथ खतिवडालाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ । राधा सुवेदी पुरस्कारबाट बिसिएतर्फ लक्ष्मी भट्टराईलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ  ।

जयनारायण खनाल स्मृति पुरस्कारबाट बिबिएतर्फ २०१६ ब्याच सुजता कार्की, बिबिए २०१७ ब्याच मन्जिला घिमिरे, सन्देश सिटौलालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । दाताराम शर्मा खनाल स्मृति पुरस्कारबाट बिसिए २०१६ ब्याच जीवन पौडेल, बिसिए २०१७ ब्याच कमन खड्कालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ । गोबिन्द इन्द्र स्मृति पुरस्कारबाट बिबिएतर्फ बिनु बस्नेतलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । 

महाबिद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल विश्व बिद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सहायक कलेज प्रमुख सरु भुर्तेल खनालले गरेको कार्यक्रममा पूर्वाञ्चल विश्व बिद्यालयका डिन ब्यवस्थापन संकाय प्रा.डा. बिजुकुमार थपलियाको बिशिष्ठ आतिथ्य रहेको थियो । 

महाबिद्यालय प्रमुख डा. रुपकप्रसाद खनालले कलेजको बारेमा जानकारी गराएको कार्यक्रममा एक्सेल बैंकका सिइओ डा. इन्द्र कट्टेल, कलेजका मास्टर्स लेभल बिभागीय प्रमुख प्रा.डा. पृथ्बीबिक्रम राई, सम्मानीत अभिभाबकका तर्फबाट प्रेमप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन कलेजका बिबिएका कोअडिनेटर शेखर पाण्डेले गरेका थिए ।