हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ ले अति बिपन्न ५० घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराएको छ । निःशुल्क स्वास्थ्य बिमा गरिएका ५० घरपरिवार भित्रबाट २ सय ५० सदस्यहरु स्वास्थ्य विमाबाट लाभान्तित भएका छन् । 

 नेपाल सरकारको निःशुल्क स्वास्थ्य बिमा अन्तरगत वडाले ५० घरपरिवारका २ सस ५० सदस्यलाई स्वास्थ्य बिमा गराएको हल्दिबारी–४ वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका छन् । 

निःशुल्क स्वास्थ्य बिमाबाट वडा भित्रका अति बिपन्न परिवारहरु बिरामी हुँदा औषधी उपचार गर्न आर्थिक समस्या नहुने र स्वास्थ्य उपचारबाट बन्चित हुनु नपर्ने वडा अध्यक्ष थापाले बताएका छन् ।

५० घरपरिवारका २ सय ५० सदस्यलाई स्वास्थ्य बिमाबाट औषधी उपचारमा प्रत्यक परिवार बापत एक लाखको दरले उपचार खर्च स्वास्थ्य बिमाले ब्यहोर्ने स्वास्थ्य बिमा अभिकर्ता प्रकाश खतिवडाले जानकारी दिए।