चारपाने । 

बिर्तामोड नगरपालिका वडा नम्बर २ खेलकूद विकास समितिले खेलकूद सामाग्री वितरण गरेको छ । समितिले बिर्तामोड–२ स्थित बीर अम्बरसिंह माविको खेल मैदानमा बिहीवार (आज) साविक चारपाने गाविसका २ देखि ९ वटा वडाका प्रतिनिधिहरुलाई खेल सामाग्री वितरण गरेको हो । 

समितिले ५० वटा फुटवल, ३ वटा भलिबल, नेट ३ थान, कोन ५० थान, मार्कर एकसय थान र जर्सी १ सय २० थान वितरण गरेको खेलकूद विकास समितिकी अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् । उनका अनुसार १ लाख ४४ हजार ४५० रुपैयाँ बराबरको खेल सामाग्री वितरण गरिएको हो । 

आर्थिक बर्ष २०७९/०८० का लागि वडाबाट बिनियोजित ५ लाख रुपैयाँ मध्ये ४ लाख रुपैयाँ सम्झौता भएको र सोही रकमबाट खेल सामाग्री वितरण गरिएको खेलकूद विकास समितिका सचिव पंकज सिग्देलले बताए । 

khel saman

खेलकूद विकास समितिकी अध्यक्ष कमला लिम्बुको अध्यक्षतामा भएको भएको कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्यमा खेलकूद सामाग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पौडेल, वडासचिव हिमा खनाल, वडा सदस्य चेतन बिमली, एकता स्पोटिङ क्लबका सल्लाहकार गोबिन्द गिरी, सोही क्लबका अध्यक्ष किरण पौडेलले साबिक वडाका प्रतिनिधिलाई खेलकूद सामाग्री वितरण गरेका थिए । कार्यक्रममा साविक चारपानेका वडाहरु २, ३, ४, ५, ६, ७, ८ र ९ का प्रतिनिधिहरुलाई खेलकूद सामाग्री वितरण गरिएको हो ।

स्वागत खेलकूद समितिका वडाउपाध्यक्ष खेमराज गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव सिग्देलले गरेको थिए ।  साविक वडास्तरीय फुलवल प्रतियोगिता आगामी चैत २७ गतेदेखि बैशाख १ गतेसम्म सञ्चालन गरिने खेलकूद समितिले जनाएको छ ।