हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ ले निःशुल्क आँखा शिबिर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयको आयोजनामा आगामी चैत्र ११ गते शनिवार जलथल स्वास्थ्य चौकी हल्दिबारी–४ वडाबारीमा निःशुल्क आँखा शिवर सञ्चालन हुने भएको हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापालले जानकारी दिए । 

मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा शनिवार बिहान ९ बजेदेखि ३ बजेसम्म निःशुल्क आँखा चेकजाँच, औषधि वितरण, निःशुल्क चश्मा वितरण र न्युनतम शुल्कमा आँखा शल्यक्रियाको ब्यवस्था गरिएको वडाध्यक्ष थापाले बताएका छन् ।

उक्त आँखा शिविरमा उपस्थिति भएर निःशुल्क आँखा परिक्षण, औषधी र चश्मा लिन साथै  न्युनतम शुल्कमा आँखा शल्यक्रियाको लाभ लिन वडाध्यक्ष थापाले सवैमा आग्रह गरेका छन् ।