बिर्तामोड । 

झापाको बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ ।

फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा शुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले दुई थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो ।

मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर मेयर पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मुल्य पर्ने ट्रली हस्तान्तरण गरेका हुन् ।

बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघ संस्थाहरुबाट स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ । यसअघि रोटरी क्लब बिर्तामोडले ६ वटा डायलासिस मेसिन अस्पताललाई सहयोग गरेको थियो ।