बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित चौथो कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको खुल्ला तर्फको उपाधी संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडिले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडिले भोजपुरका विशाल तामाङ्ग र निश्चल खत्रीको जोडिलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो ।

जीतसंगै पबिन लिङ्गखेप र सृजल पोख्रेलले नगद ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने भोजपुरका विशला तामाङ र निश्चल खत्रिले भने नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन । खुल्लातर्पmमा नबिल सिलवाल र विवेक कन्दङवा विर्तामोडको जोडि त्यसैगरि मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरभ दाहाल तेस्रो भएका छन् । तेस्रो दुवै समुहलाई नगद सात हजार ५०० नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यता ४५ माथि भेट्रान्सतर्फको ताप्लेजुङ्गका मदन लिम्बु र घनेन्द्र लिम्बुले विर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईलाई २१–१४ र २१ –१० को सोजो सेटमा हराउदै उपाधी जितेको छ । जितसंगै मदन लिम्बु र घनेन्द्र लिम्बुले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सञ्जय भक्तराज र रमेश प्रसाईले नगद १५ हजारसहित मेडल प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

 विर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरे र सुनसरीका श्याम लामा र भजनलाल चौधरी तेस्रो भएका छन् । उनीहरुले नगद सात हजार ५०० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता कोशी प्रदेशका ८६ जना खेलाडिको सहभागिता रहेको थियो ।