झापा । 

मेघराज आचार्य (कुमार) को अध्यक्षतामा नेपाल उसु महासंघ कोशी प्रदेश समिति गठन भएको छ । १५ सदस्यीय कार्य समिति रहने समितिको उपाध्यक्षमा टंक कार्की र उमा राई चयन भएका छन् भने सचिवमा भिम पौड्याल र कोषाध्यक्षमा निर्मला राई चयन भएका छन । 

त्यस्तै सदस्यमा शिवराज घिमिरे, साङ्गे पाल्देन शेर्पा, बिजय रसाइली, बलत राजवंशीलगायत चयन भएको अध्यक्ष कुमारले जानकारी दिए । १५ सदस्यीय रहने समितिमा १३ जना भेलाले चयन गर्ने र २ जना प्रदेश खेलकुद बोर्डले मनोनीत गर्ने जनाइएको छ । 

मेघराज आचार्य (कुमार) को अध्यक्षतामा भएको भेलामा कोशी प्रदेश खेलकुद परिषद बोर्ट सदस्य शैलेश बिष्टको प्रमुख आतिथ्य र नेपाल उसु महासंघका महासचिव नवराज ढुङ्गानाको बिशेष आतिथ्य रहेको थियो ।