दानाबारी ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानावारी सेवा केन्द्रको आयोजनामा (आज) सोमवार तरकारी उत्पादन तथा व्यवस्थापन तालिम भएको छ । माई नगरपालिका वडा –१० सालवोटे स्थित वडा कार्यालयमा तरकारी उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
सहारा नेपालका कृषि युनिट तर्फवाट कृषि परियोजना प्रमुख राजेन्द्र खरेलले सहजीकरण गरेको तालिममा सेवा केन्द्रका स नं ५१,५२ र ५९ नं समुहका तरकारी खेती गर्दै गरेका २५ जना उद्यमी सदस्यको सहभागीता रहेको थियो ।
तालिममा परम्परागत ढंगवाट आजका दिनसम्म तरकारी खेती गर्दै आउँदा भने जस्तो आम्दानी लिन नसकी रहेको अवस्था तालिममा उत्पादन गर्न लागेको तरकारीमा आउने समस्या निराकरण र रोग लाग्नै नदिने उपाय वारे तालिममा सिकाई भएको थियो । साथै उक्त क्षेत्रको विकासका क्रमसँगै व्यसायिक रूपमा तरकारी उत्पादन गरी वजारसम्म पुर्याउन अबका दिनमा सहज भएको तालिममा सहभागीले बताए । तालिम ठुलो उपलब्धी मुलक भएको बताउँदै सहभागीले तरकारी खेतीका लागि यस किसिमको तालिम कोसेढुङ्गा सरह भएको व्यवसायिक रूपमा शव्जी खेती गर्दै गरेका माई न पा १० का व्यवसायीक किसान तथा संस्था शेयर सदस्य ज्ञान वहादुर तामाङले बताए ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
सेवा केन्द्रवाट अब स्थानिय तहले किसान समक्ष पुर्याउने सुविधामा सहजिकरण गर्ने र संस्थावाट समेत सदस्यले कृषि परियोजना अन्तरगत लिएको कर्जामा वाली विमा तथा पशु विमा समेत सँगसँगै अघि वढाउने योजना रहेकाले आफनो पेशा व्यसायमा भविश्यमा पर्न आउने जोखिम न्युनीकरण गर्न पशु विमा तथा वाली विमा गर्न आवश्यक रहेको साथै छुट्टै कृषक समूह निर्माण गरि स्थानिय सरकारले किसानलाई दिदै आएका सुविधाका कार्यक्रमसँग सहाराका सदस्यलाई जोडन पहल गरीने शाखा प्रमुख त्रिलोचन तिम्सनाले बताए । उनले कृषि पेशाका लागि सेवा केन्द्रको तर्फवाट सदस्यलाई सम्पूर्ण वित्तिय आवश्यकता पुरा गर्ने उनले बताए ।
उन्नतिशिल सहारा महिला समुहकी अध्यक्ष हेमन्ता ढकालको अध्यक्षतामा भएको तालिमको उद्घाटन माई नगरपालिका– १० का वडासचिव प्रदिप पौडेलको प्रमुख आतिथ्य भएको कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी सिताराम कोईरालाले गरेका थिए । कार्यक्रममा सेवा केन्द्रका कर्मचारी सिताराम कोईराला, अम्वर लिम्बू, राजेन्द्र शेर्मा लिम्वु पशु प्राविधिक प्रविन कोईरालालगायतको सहभागीता रहेको थियो ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
तालिममा सहभागीलाई विभिन्न तरकारी भिन्डी करेला वोडी सिमी काक्रालगायतका बीउसमेत प्रदान गरिएको सेवा केन्द्र प्रमुख तिम्सिनाले जानकारी दिए ।