बिर्तामोड।

झापाको बिर्तामोडमा आजबाट कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रेदश सभा सदस्य एकराज कार्कीले गरेका हुन् । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । 

लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै  द्वितीयहुने टिमले नगद ३० हजार ट्रफी र प्रमाणपत्र  र तृतीय हुने टिमले सात हजार पाँच सय नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । 

त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगिताका विजयीले नगद ३० हजार , द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने जनाइएको छ । 

स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता बिर्तामोड ३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा सञ्चालन भइरहेको छ ।