बिर्तामोड ।   

नगर खेलकुद विकास समिति बिर्तामोडले  दुई वटा वडामा खेलकुद समिति गठन गरेको छ ।वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरीएको हो ।

वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणी कट्टेल, अमिनकुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली र सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान विकेश शाह र गोमा कटुवाल रहेका छन् ।  

त्यसैगरी वडा नम्बर ९ मा विश्वदिप राजवंशीको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई सचिवमा विवस बस्नेत र सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराईली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहेका छन् । 

वडा नम्बर ८ मा वडाध्यक्ष अजय कार्की र वडा नम्बर ९ मा वडाध्यक्ष हरिप्रसाद चौलागाई लगायत जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए। 

यसअघि नगरको वडा नम्बर १, २, ३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेका वडाहरुमा पनि क्रमश समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले जानकारी दिएका छन् ।