बिर्तामोड ।
झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको जनाइएको छ । प्रतियोगितामा ३६ वटा टिमले सहभागीता जनाउने बताइएको छ ।
प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दितीयहुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।
त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगिताताले ३० हजार, दितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा झापा सहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।