बिर्तामोड । 

झापाको लागि सुजुकी व्राण्डको चारपाङ्गे सवारी साधनको आधिकारिक बिक्रेता आरए टे«डर्सले दुईवटा नयाँ कार सार्जजनिक गरेको छ । बिर्तामोड–२ मा रहेको ट्रेडर्समा शुक्रवार (आज) बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र बरिष्ठ उपाध्यक्ष राजु न्यौपानले दुई वटै नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ चारपाङ्गे सवारी सार्वजनिक गरेका हुन् । सावारी सार्वजनिकका क्रममा बिशेष छुटको व्यवस्था समेत रहेको जनाइएको थियो । 

नेपालका लागि सुजुकी व्राण्डको चारपाङ्गे सवारी साधनको आधिकारिक वितरक चौधरी ग्रुप (सिजी) होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प  तथा सीजी एनएक्सटिजेनले नेपालमा दुई वटा नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ चारपाङ्गे सवारी साधन देशभर सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । जसमा ‘द ग्राण्ड भिटारा’ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ‘ब्रेजा’ मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल भएको र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेजको प्रयोग गरिएको कम्पनीका पूर्वाञ्चल डिलर इन्चार्ज बिशाल दाहालले जानकारी दिए । 

उनले जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको बताए । सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउने उनको भनाई छ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने उनले बताए ।  उनका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।  

suzuki

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी भएको कम्पनीले जनाएको छ  । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने जनाइएको छ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू भएको र जुन शहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने दाहालले बताए ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ । पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको जनाइएको छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक–फरक ड्राइभिङ कन्डिशन हुने जसको लागि एसयूभी उचित हुने साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ–नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेको कम्पनीले जनाएको छ । 

त्यस्तै सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेन्जर हुने जनाइएको छ । स्वागत एडमिनिष्टेशन हेड कुवेर बस्नेतले गरेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष शिवाकोटी, आरए टे«डर्सका सञ्चालक राजेन्द्रकुमार थापालगायले शुभकामना मन्तव्य राखेका थिए ।