• चन्द्र बस्नेत                                           

कनकाई ।   

झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले  स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् ।कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पोख्रेलले सो कुरा बताएका हुन् ।                                 

उनले नगरका सबै जसो वडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरि नगरबासीलाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी गराए । नगरले यसअघि  नगर अस्पतालमा अग्सिजन प्लान्टको स्थापना गरि सेवा दिदै आएको छ भने नगरबासी अति विपन्न केही गरिव दुखीहरुलाई निशुल्क स्वास्थ्य बिमा समेत गरिदै आएको नगर प्रमुख पोख्रेलले जानकारी दिए।    

वडा न १ का अध्यक्ष शुशीलकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा  वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, वडा न ५ का अध्यक्ष  कृष्णबहादुर राई, वडा न ७ का अध्यक्ष भीष्मभुसण सिटौला, वडा न ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल, नगर जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारी, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत,  खड्गमाया चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 स्वास्थ्य परिक्षण समेत गरिएको  कार्यक्रममा  वडान १ का वडा  सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता ल्वागुन, दलबहादुर थापा, वडासचिव कमला विश्वकर्मा, कर्मचारी कोपिला अधिकारी, निर्मला बानिया,  प्रकाश थापा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो।  वडा  सदस्यहरु निर्मला खड्काले स्वागत गरेको कार्यक्रमको सन्चालन नगर लेखा शाखाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।