सुरुङ्गा ।
झापासहित देशभर बुधवार (आज) एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस बिबिध कार्यक्रम गरी मनाइदैछ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समितिको सह–आयोजना तथा कनकाई नगरपालिकाको मुख्य प्रायोजकमा कनकाई माविको खेल मैदानमा जारी झापा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको सातौ संस्करणको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको उपाधीका लागि आयोजक कनकाई मलिा फुटवल क्लब र जुनतारा महिला फुटबल क्लब खुदुनाबारी विच प्रतिस्पर्धा हुने भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन १७ गतेदेखि जारी प्रतियोगिताको फाइनल खेल बुधवार (आज) फागुन २४ गते हुने भएको हो । प्रतियोगिताको उपाधीका लागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाका लागि यात्रा तय गरेका हुन् । प्रतियोगिताको समापन समारोहको उद्घाटन प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर गर्ने जनाइएको छ ।
प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भद्रपुरलाई पाखा लगाउदै जुनतारा फाइनलमा प्रवेश गरेको हो । त्यस अघि नै कनकाईले पारिजात महिला फुटबल क्लव सालबारीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको आयोजक समितिाका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको कनकाई खेलकुद प्रतिष्ठानका सल्लाहकार पत्रकार रामप्रसाद निरौलाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सल्लाहकार निरौलाले बताए ।
प्रतियोगितामा हरेक दिनको प्लेयर अफ द म्याचको पुरस्कार नगद २ हजार कनकाई —३ निवासी उद्यमी,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भएको बताइएको छ । प्रतियोगिताको समापनसँगै विधागत तर्फ उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिज लाई जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानकी सचिव मान्ता खरेलले वताइन् ।
फाइल तस्वीर