बिर्तामोड । 

झापाको बिर्तामोड एजुकेशन फाउण्डेशनले झापाका तीन जना सञ्चारकर्मीलाई सम्मानसहित नेपाल पत्रकार महासंघ झापाको सहारा पत्रकार उपचारकोषलाई आर्थिक सहयोग गरेको छ । 

बिर्तामोडमा मुख्य कार्यालय रहेको फाउण्डेशनले मंगलबार (आज) संस्थाको छैटौं बार्षिकोत्सवका अवसरमा पत्रकार नरेन्द्र ढकाल, सन्तोष न्यौपाने र सञ्चारकर्मी हरिकृष्ण भण्डारीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । 

त्यस्तै नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित सहारा पत्रकार उपचार कोषलाई २५ हजार १२५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम फाउण्डेशनका अध्यक्ष राज कर्कीले नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईलाई हस्तान्तरण गरेको हुन् । सोही अवसरमा फाउण्डेशनका कर्मचारीलाई पनि प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । 

btm edu

फाउण्डेशनका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्य तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको बिशेष आतिथ्य रहेको थियो । स्वागत फाउण्डेशनका आयल्स शिक्षिक केशव उप्रेतीले गरेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, महासंघका उपाध्यक्ष भट्टराई, शैक्षिक परामर्श संघ (इक्यान) का संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल, इक्यानका अतिरिक्त विभाग प्रमुख अनिल सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिकृष्ण भण्डारी र आयल्स शिक्षक केशव उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।  

२०७३ साल फागुन २३ गते स्थापना भएको फाउण्डेशनले जापान, अस्टे«लिया, युके, डेनमार्क, क्यानाडा, युएसएलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीका लागि शैक्षिक परामर्श, तयारी कक्षा र कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत फाउडेशनले बार्षिकोत्सवको अवसरमा २० जना अतिविपन्न बिद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने जनाइएको छ । मुख्य कार्यालय बिर्तामोडमा रहेको फाउण्डेशनको फिक्कल, चारआली र दमकमा शाखा रहेको अध्यक्ष कार्कीले बताएका छन् ।