हल्दीबारी । 

श्री सरस्वती आधारभूत बिद्यालय हल्दिबारी–२ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वरी दाहाललाई हटाउन माग गर्दै स्थानीय अभिभावकले हल्दिबारी गा‍उँपालिका अध्यक्ष तथा हल्दिबारी गाउँ शिक्षा प्रमुखलाई ज्ञापन पत्र बुझाएका छ्न् ।

उत्त ज्ञापन पत्रमा विधालय ब्यवस्थापन समितिका सदस्यहरु खकेन राजव‌ंशी, खिनादेवी घिमिरे, सन्जु राजवंशी, मिना कालिकोटे, रचना कुलुङ (२ नं वडा सदस्दय), शिव थारु र सनिका राईसहित १२६ जना विद्यालयका अभिभावको हस्ताक्षर रहेको छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘१० बर्षे जनयुद्धको राप र तापमा भएको जनआन्दोलन २ र मधेश आन्दोलनको देनबाट प्राप्त संघीयताको मर्म अनुसार तीन तहको सरकारको परीकल्पना गरिएको छ, जनताको सबै भन्दा नजिकको सरकारको रुपमा स्थानिय सरकारलाई देख्न सकिन्छ र सोहि अनुरुप शिक्षा क्षेत्रको माध्यामिक तह सम्मको सबै अधिकार स्थानिय तहमै सुम्पिएको छ।

सो सन्दर्भमा स्थानिय तह २०७४ को निर्वाचन प्रश्चात गापाको निर्णय अनुसार जनप्रतिनिधि बिब्यसको अध्यक्ष तोकेर पठाकोमा गापा भरीको १७ ओटा सामुदायिक बिद्यालय मध्ये श्री सरस्वति आबि हल्दिबारी २ सर्वउत्कृष्ट बिद्यालय घोषित भई नगत ५० हजारसहित पुरुस्कृत भएको सर्व विदितै छ । तर, हाल आएर विद्यालयमा संघीय शिक्षा एन संग बाझिने गरी जनप्रतिनिधि लाई समेत हटाई बिद्यार्थीलाई नै नभएको गैर अभिभावलाई अध्यक्ष बनाई पठाएकोमा अभिभावको गम्भिर आपत्ति रहेको जनाइएको छ। 

सरस्वति आबिमा ईश्वरी दाहाललाई अध्यक्ष बनाए पठाएपछि स्कुलमा चरम राजनीतिकरण भएको, बिव्यासको सदस्यहरुलाई समेत समेटेर लान नसकेको, बिद्यार्थीको अनुशासनमा समेत कमि आएको र नियमित अनुगमन समेत नभएको जसको कारणले दैनिक बिद्यार्थीको शैक्षिक गुणस्तर खस्कदै गएको र बिद्यालयमा बिगतमा गरेको बिकास निर्माणको गतिबिधिहरुको कुन प्रक्रीयावाट संचालन गरिएको भनि आएको अक्तियारको पत्रको जवाफ दिन बिद्यालयले तयार पारेको प्रतिवेदनमा समेत अध्यक्षको हैसियतले दस्तखत नगरेको हुँदा यस बिबिद्यालयको विव्यास अध्यक्ष रहने नैतिक अधिकार समेत गुमाई सकेको हुनाले उनी ईश्वरी दाहाललाई यथाशिघ्र अध्यक्ष पद बाट हटाउन ज्ञापन पत्र बुझाएको बताईको छ । ज्ञापनपत्रमा उक्त मागको ब्यावस्था गरेमा अभिभावक र बिद्यार्थी चरण बद्ध आन्दोलनमा उन्नने समेत चेतावनी दिइएको छ ।