सुरुङ्गा ।
झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता आइतवार (आज) देखि सेमी फाइनलका खेलतर्फ अघि बढेको छ । कनकाई माविको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगितामा एकता महिला फुटबल क्लव चारपानेलाई ४—० को गोल अन्तरले पछि पार्दै भद्रपुर महिला फुटबल क्लव विजयी बनेको छ ।
जितको लागि भद्रपुरकी जर्सी नं. ११ की खेलाडी एलिना लिम्बूले खेलको २७ औं मिनटमा र ५५ औं मिनटमा गोल गरिन तेस्तै जर्सी नं. २७ कि अर्की खेलाडी पुर्णिमा राईले खेलको ३७ औं मिनटमा र जर्सि नं. ८ कि रितिका थापाले ५३ औं मिनटमा गोल गर्दै भद्रपुरलाई ४–० गोल अन्तरले अग्रता दिलाएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।
प्रतिायोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी भद्रपुरकी खेलाडी एलिना लिम्बू प्लेयर अफ द म्याच घोषीत भएको अध्यक्ष थपलियाले बताए । उनलाई कनकाई ३ निवासी उद्यमी ,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भएको प्लेयर अफ दि म्याचको पुरस्कार नगद २ हजार स्थानीय शिक्षासेवी एवं कनकाई खेलकुद प्रतिष्ठानका पुर्व सल्लाहकार टीका प्रसाद लामिछानेले हस्तान्तरण गरे ।
भोली आइतबारबाट सेमिफाइनल चरणको खेल शुरु हुने आयोजक संस्थाका उपाध्यक्ष हरि कार्कीले जानकारी दिए । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर , सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिजले जनही ३ हजार प्राप्त गर्ने प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिईन ।