बिर्तामोड ।
कला साहित्यका क्षेत्रमा युवाहरुको भुमिका अभिबृद्वी गर्ने उदेश्यले झापाको बिर्तामोडमा केबि आर क्रिएशन ग्रुपको गठन भएको छ । केबिआर प्रोड्क्शनका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी भरत प्रसाईको संरक्षकत्वमा गठित समुहले कलमको माध्यमबाट आवाज विहिन हरुको आवाज बुलन्द गर्ने जनाइएको छ ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
क्रिएशन गुु्रपका अध्यक्ष जिना अधिकारीको अध्यक्षतामा आयोजीत कार्यक्रमा सञ्चारकर्मी चेतन सापकोटा र बसन्त नेपालले संस्थालाई जीवन्त राख्न लगनशिल्ता र उदेश्य परक काम हुनु पर्नेमा जोड दिए। समुहको विविध गतिविधि प्रकाशन, प्रसारण गर्न देव बास्कोटाको संयोजकत्वमा २ सदस्यीय कार्यदल गठन गरिएको संरक्षक प्रसाईले बताए।
नव गठित केबिआर क्रिएशन ग्रुपमा उपाध्यक्ष रेजिना बास्कोटा, सचिव प्रशान्त बाग्ले, सह–सचिव प्रेमिका पाण्डे, कोषध्यक्ष, मुना काफ्ले र सदस्यहरुमा ओमनारायण राजवंशी, नितु मण्डल, अल्सा बस्नेत, दिपिन विश्वकर्मा र मुना खड्का चयन भएका छन्। शनिवार(आज) आयोजीत कार्यक्रममा झापा भरिका ३५ जना नयाँ तथा पुराना श्रष्टाहरुको गजल तथा भावना रेकर्ड गरेको संस्थाका प्रेस संयोजक बास्कोटाले जानकारी दिए।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
कसैका प्रभावमा परेर यो समुह गठन नगरेको बताउदै सचिव वाग्लेले अन्तरनिहित प्रतिभा उजागर गर्नु नै यसको उदेश्य रहेको बताए । आज बसेको पहिलो बैठकले महिनाको पहिलो आइतबार मासिक रचना बाचनलाई निरञ्तरता दिने निर्णय गरको प्रेस संयाजक बास्कोटाले बताए।