चारपाने । 

झापाको बिर्तामोड नगरपालिका–२ स्थित प्रभु रामचोकमा सञ्चालित शिक्षा शिकोप निकेतन मन्टेश्वरी बिद्यालयले बिबिध कार्यक्रम गरी दोस्रो बार्षिकोत्सव मनाएको छ । 

बिर्तामोड नगरकै ब्यवस्थापनमा नमूना बिद्यालयको रुपमा रहेको मन्टेश्वरी बिद्यालयले शुक्रवार (आज) दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको हो । 

बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष चीजा राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिद्यालयकी प्रिन्सिपल रेश्मा घिमिरेले गरेको कार्यक्रममा अभिभावकका तर्फबाट सुरज खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । 

sikxa niii

कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड नगरका कार्यपालिका सदस्य शर्मिला राजवंशी, तीला गौतम, अग्रज पत्रकार लीला बराललगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका रोजिना पुरी र मिना प्रसाईले संयुक्त रुपमा गरेका थिए ।