बिर्तामोड । 

बिर्तामोड एजुकेशन फाउण्डेशन र वीरता जेसीजबिच निःशुल्क कम्प्युटर शिक्षा तालिम सम्बन्धि सम्झौता भएको छ । बिर्तामोडमा मंगलबार (आज) एक समारोहकाबिच बिर्तामोड एजुकेशन फाउण्डेशनका अध्यक्ष राज कार्की र वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

विरता जेसीजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वीरता जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनवारको प्रमुख आतिथ्य रहेको थियो । बिर्तामोड एजुकेशन फाउण्डेशनका अध्यक्ष राज कार्कीका अनुसार संस्थाको बार्षिकोत्सवका अवसरमा तालिम प्रदान गर्न लागिएको हो ।

talim 1

वीरता जेसीजले तालिमका लागि २० जना बिद्यार्थी छनौट गरेर दिएपछि उनीहरुलाई निःशुल्क कम्प्युटर शिक्षा सम्बन्धि ३ महिने तालिम प्रदान गरिने जनाइएको छ । 

 सम्झौता पत्रको औचित्यमाथि प्रकाश विरता जेसीजका अध्यक्ष चौधरीले पारेको कार्यक्रममा प्रमुख अतिथि सुनवार, बिर्तामोड एजुकेशन फाउण्डेशनका अध्यक्ष कार्की, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर, कार्यक्रम संयोजक दीपक साकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जनक खड्काले गरेका थिए ।