झापा । 

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा सर्वम्मत चयन भएका छन् ।विराटनगरमा भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले बोहरालाई अध्यक्षमा चयन गरेको हो ।

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा भएको भेलाले १ नं प्रादेशिक स्वास्थ्य तालिम केन्द्र धनकुटाका निर्देशक रोहितकुमार पाण्डेले उद्घाटन गरेका थिए ।

भेलाले सचिवमा ओमनारायण यादव र कोषाध्यक्षमा विनिता दवाडीलाई चयन गरेको छ भने सदस्यमा नवराज प्रधान र आदित्य शाक्य चयन भएका छन् । भेलाले रोहितकुमार पाण्डेलाई सल्लाहकार संयोजकमा चयन गरेको नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिए ।