झापा।

झापाका १५ वटै स्थानीय तहमा हात्तिपाइले रोगबिरुद्ध आम औषधी सेवन अभियानलाई तिब्रता दिइएको छ । प्रत्येक पालिकाले हात्तिपाइले रोग बिरुद्ध औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

झापाको मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरदह, दमक नगर र हल्दिबारी, कचनाकवल, बाह्दशी, झापा, बुद्धशान्ति, गौरीगञ्ज, कमल गाउँपालिकामा हात्तिपाइले रोगबिरुद्ध औषधी सेवन कार्यक्रमलाई तिव्रता दिइएको हो । 

यसै क्रममा मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तिब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुने हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिब्रता दिएको हो ।

मेचीनगरको १५ वटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले औषधी सेवन गरेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।

मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनको भनाई छ ।