विराटनगर ।
महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा डा. शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा. मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा. जनकनाथ सापकोटा र जयकुमार महतो छन् ।
दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो ।
सम्मानित डा. चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र, डा सुवेदी( वित्तशास्त्र,संग्रौला अर्थशास्त्र र डा सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । उनीहरुलाई क्याम्पसका सहायक प्रमुखहरु शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह–परीक्षा नियन्त्रक डा. उद्धव पोखरेलले सम्मान गरेका हुन् ।
सो अवसरमा पूर्व सहपरीक्षा नियन्त्रकद्वय डा उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाई अध्यक्ष धीरज आचार्य, सहप्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत विनोद कामतले शुभकामना मन्तव्य राखेका थिए । सम्मानित हुनेका तर्फबाट मोहनकुमार श्रेष्ठले नवनियुक्त विभागीय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्न कुनै कसर बाँकी नराख्ने बताए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा.जनकनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।