• चन्द्र बस्नेत                                        

कनकाई  । 

झापाको कनकाईमा बुधवार (आज) बाट   हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम  सुरु भएको छ।  झापासहित  रोग देखा परेको ६ प्रदेशका १५ जिल्लामा भोलीबाट औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने  भनिए पनि  सुरुङ्गामा आज कृषि मेलाको प्रदर्शनी कार्यक्रममा १ न प्रदेशका कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला,  नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गाल, नगर कृषि शाखा प्रमुख  यदुकुमार उप्रेती  वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, वडा न ५  का अध्यक्ष कृष्ण बहादुर राई लगायतले  औषधी सेवन गरि औपचारिक रुपमा आजबाट कनकाईमा कार्यक्रमको सुरुवात गरिएको कनकाई स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।     

 झापासहित १५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याको रुपमा रहेको छ । यता आफुबाट औसधि खान सुरु गर्दै नगर प्रमुख  पोख्रेलले  स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरि तोकिएका औसधि सेवन गर्न  नगरवासिमा  आग्रह गरे । उनले यो रोग जटिल तथा खतरापूर्ण रहेकाले मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरि तोकिएका औषधी सेवन गर्न नगर वासिलाई आग्रह गरेको कर्मचारी विजय पाठकले जानकारी दिए । 

यसअघि नगरले कार्यक्रम सफल पार्न  नगरले  प्रतेक वडामा  ५ देखि ७ स्थानसम्ममा अभिमुखिकरण  कार्यक्रम  सन्चालन गरेको  नगर स्वस्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिए। ५३ हजार ९ सय ९२ जनसंख्या रहेको कनकाईमा यस पटक ५१ हजार ४ सय जनालाई र्आषधी खुवाउनका लागि ६० जना स्वास्थ्यकर्मी  र २२ जना स्वयम् सेविकालाई परिचालन गरिएको नगर स्वास्थ्य शाखाकी कर्मचारी कोपिला अधिकारी दुलालले जानकारी दिइन् ।                                                 

कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले   आजबाट  शुरु भएको  औषधी सेवन कार्यक्रमका लागि  खटिएका ६० जना स्वास्थ्यकर्मी  र २२ जना स्वयम् सेविकाहरु  भोलिबाट सबैको घर घरमा आएर औषधी खुवाउने हुनाले स्वास्थ्य मन्त्रालयले तोकिएका मानिसले हात्तीपाइले विरुद्धको औसधि खाएर सहयोग गरी रोग लाग्नबाट बच्न  आग्रह गरेका छन् ।