बिर्तामोड । 

झापा बिर्तामोड–४ को विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत गत २०७६ सालदेखि प्रत्येक बर्ष फागुन ८ गते रक्तदान गर्दै आएको छ । 

विगत ४ बर्ष अघिदेखि संस्थाले शुरु गरेको रक्तदान कार्यक्रम सोमवार (आज) बिर्तामोड मुक्तिचोकस्थित दुर्गा मन्दिरमा गरेको हो । संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप–शाखाले प्राविधिक सहयोग गरेको थियो । 

संस्थाका अध्यक्ष नविन खरेल (नवराज) को अध्यक्षतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोशित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक सुमन शर्मा जमरकट्टेलले गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवकुमार ओली, बजार प्रतिनिधि जीवन रेग्मी, संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।