बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गरेका छन् ।
आइतवार ( आज) प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खदा ओढाई सम्मान गर्दै बधाई तथा शुभकामना दिएका हुन् ।
गत माघ २० गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौँमा सन्चालित ४० औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ मा प्रदेश प्रहरी कार्यालय बिराटनगरको फुटबल टोली खेलमा सहभागी भई २९ गते भएको फाईनल खेलमा प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो ।
उक्त कार्यक्रममा समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटालगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । आइजीपी रनिङ शिल्डको विजेता टिम १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रथम पुरस्कार नगद १ लाख १ हजार तथा सर्वाधिक गोल कर्ता नगद १० हजार सहितको ट्रफी जित्न सफल भएको छ ।