- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढी स्थित मेची रंगशालामा मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्ड कप आजदेखि शुरु हुँदैछ । उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र भारतको जयगाउँ फुटबल क्लवबीच हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्लादेशका ए डिभिजनका १० वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । आजदेखि शुरु भै फागुन १६ गते समापन हुने भद्रपुर झापा गोल्ड कपमा बिजेता टिमले नगद रु १३ लाख र उपबिजेता टिमले नगद रु ७ लाख पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु १ लाख, उदियमान खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्ताले नगद रु २५ हजार पाउनेछन् ।
त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद रु २० हजार पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए । गोल्ड कपको लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार खेल मैदानका साथै करिब २० हजार दर्शक बस्ने ठाउँको ब्यवस्थापन गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।