शिवसताक्षी । 

 माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवसताक्षी नगरको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ। शनिवार (आज) राष्ट्रिय रमणीय आदर्श माध्यमिक बिद्यालयमा सम्पन्न सम्मेलनले अध्यक्ष गणेश चौलागाईंलाई सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा राम प्रसाद मण्डल, महिला उपाध्यक्ष तारादेवी बास्तोला, सचिव ज्ञानेन्द्रप्रसाद चापागाईं र कोषाध्यक्षमा युबराज आङदेम्बे चयन भएका छन् । 

 त्यस्तै सदस्यमा खगेन्द्रबहादुर लम्जेल, योगेन्द्र अधिकारी, खुबबहादुर राई, दलबहादुर नेउपाने, टीका चम्लगाइ, भुपेन्द्र गौतम, मोहनकुमार लिम्बू, यज्ञप्रसाद नेपाल, लक्ष्मण मर्डी, पुर्णलाल राजबंशी, राधादेवी गौतम, ध्रुब तोलङी, सितल अधिकारीसहित २१ सदस्य समिति सर्बसम्मत चयन भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य झलकसिंह दर्लामी, शिक्षक संगठन प्रदेश १ का उपाध्यक्ष लोकनाथ गजुरेल,  पार्टीका अध्यक्ष महेन्द्र भट्टराई प्रदेश सल्लाहकार टेक नाथ सिवाकोटी सचीव सन्जय राई जिल्ला समन्वय समिति सदस्य सन्त पौडेल  सङठ्न का जिल्ला सदस्य राम मन्डल , खगेन्द्र लम्जेल, मानवअधिकार कर्मी राम जि कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको अध्यक्ष गणेश चम्लगाइले गरेका थिए भने स्वागत ज्ञानेन्द्र चापगाइ र सञ्चालन योगेन्द्र अधिकारीले गरेका थिए ।