सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले अनलाइन डिजिटलाइज सेवा शुरु गरेको छ । झापामै पहिलो पटक घरमै बसेर सेवाग्राहीले अनलाइन मार्फत नगरपालिका र वडाबाट दिइने सेवा लिने प्रबिधि शुरु गरेको हो ।

 कुनैपनि सेवाग्राहीले नगरपालिकाबाट लिने सिफारिसलगायत अन्य घरबहाल कर, ब्यवसाय दर्ता, नविकरण र कर, सम्पत्ती करलगायतका सेवा अनलाइनमार्फत लिन सक्ने कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए । 

उक्त सेवा साहेद देशमै अन्य पालिकाले शुरु गरेको जानकारी नभएको बताउँदै उनले प्रदेश १ मै कनकाई नगर पहिलो हुनसक्ने उनको भनाई छ । अनलाइन मार्फत नगरले सेवा दिएपछि विदेश जानेलाई क्यूआरको समस्य नहुने साथै कुनैपनि देशबाट आवश्यक सेवा लिन सक्ने मिश्रले बताए ।   

अधिकृत मिश्रका अनुसार स्थानीय सरकार सञ्चालन ऐनले ब्यवस्था गरे अनुसारका सवै प्रकारका सिफासिरहरु अनलाइनको प्रयोग गरी घरबाटै लिन सकिनेछ । अनलाइन सेवाका बिषयमा नगरबासीलाई जानकारी गराउने उदेश्यले फागुन १० गतेदेखि फागुन महिनाभर नगरका वडा तथा बिभिन्न स्थानमा प्रचारप्रसार कार्यक्रमको आयोजना गरिएको अधिकृत मिश्रले जानकारी दिए । 

khagendra g

नगरले गत साउनेदेखि अनलाइन डिजिटलाइज सेवा शुरुमा केही समस्या भएपनि अहिले सहज भएको बताइएको छ । परिक्षणपछि वडा नं. १ बाट १०६०, २ बाट ७९५, ३ बाट १७७२, ४ बाट २३६, ५ बाट ५३७, ६ बाट ५६५, ७ बाट १११३, ८ बाट ६०६ र ९ बाट ४९३ वटा बिभिन्न सेवा अनलाइनमार्फत दिएको बताइएको छ । नगरको अनलाइन सेवा सम्बन्धि जानकारी दिने कार्यक्रममा नगरका कर्मचारी विजय पाठक, वडा नं. १ की वडासचिव कमला विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।