बिर्तामोड ।
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आगामी फागुन ६ गतेदेखि ३ दिने जिल्ला स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरेको छ ।
प्याब्सन झापाले माघ २७ देखि फागुन ३ गतेसम्म पालिका स्तरीय खेल प्रतियोगिताबाट छनौट भएका बिद्यार्थीलाई आगामी फागुन ६, ७ र ८ गते जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको हो ।
प्याब्सन झापाले बुधवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी आगामी फागुन ६ देखि ८ गतेसम्म दुधेको खेल मैदानमा हुने जिल्ला स्तरीय खेल प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
फुटबल, भलिवल, टेवलटेनिस, क्रिकेटलगायत अन्य बिधामा पालिकाबाट छनौट भएका खेलाडीहरुको प्रतियोगितामा प्रतिस्पर्धा हुने प्याब्सन झापाका उपाध्यक्ष तथा खेलकूद उप–समिति संयोजक टीआर गौतमले जानकारी दिए । गौतमका अनुसार पालिका स्तरीय फुटवल प्रतियोगितामा ३ हजार २ सय, भलिवल प्रतियोगितामा छात्रतर्फ १ हजार २ सय र छात्रातर्फ ९०० सय, क्रिकेटमा १ हजार २ सय ४० जना र अन्य बिधामा ४ हजार बिद्यार्थी तथा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पालिका स्तरीय खेलमा ४० लाख बढी रुपैयाँ खर्च भएको बताईको छ ।
उक्त प्रतियोगितामा प्रत्येक बिधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने बिद्यालयलाई ट्रफि प्रदान गरिने प्याब्सन झापा सचिव हरिकृष्ण पाठकले बताए । उक्त प्रतियोगितामा झापाका १५ वटा पालिका मध्ये १४ वटा पालिकाको सहभागीता रहने छ कचनाकवल पालिका भने भद्रपुर नगरपालिकासँग मिसिएको प्याब्सन झापा कार्य समिति सदस्य सुमन शर्मा जमरकट्टेलले जानकारी दिए । करिब ६ सय वढी निजी बिद्यालय रहेको झापामा ३४६ बिद्यालय मात्र प्याब्सन झापामा आवद्ध रहेको जनाइएको छ ।