बिर्तामोड ।

 झापा बिर्तामोड–३ को विराट पोखर सरोवर बहुउद्देश्यीय विकास समितिले पोखरी वरिपरीका बोटविरुवामा रंगरोगन गरेको छ ।

समितिका अध्यक्ष आकाश उप्रेती र सचिव जगनाथ भट्टराईको अगुवाईमा पोखरी वरिपरिका बोटबिरुवा र फलैचामा रंगरोगनसहित उक्त स्थानमा सरसरफाई समेत गरिएको सचिव भट्टराईले जानकारी दिए । 

सैनिक मोडका पाठक र ढुङ्गाना हार्डवेयरले ३५ हजार मुल्य वरावरको रंग सौजन्य गरेपछि सहयोगी संस्थाहरु बिर्ताबजार प्रहरी चौकी, विराट पोखर सामाजिक युवा समाज नेपाल, नेप्लीज टिन्स, बिर्तामोड सरसफाई अभियान, मदेशी सेवा समाज र एककेके ग्रुपको सहयोगमा रंगरोगन तथा सरसफाई गरिएको जनाइएको छ ।

त्यस्तै कार्यक्रममा माक्स र ग्लोब्स सौजन्य मनोहर महतोले गरेका थिए । समितिका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिब भट्टराईले गरेका थिए ।