सुरुङ्गा । 

 झापाको कनकाईमा भएको विद्यालयस्तरीय १३ औं राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले प्रथम स्थान हात पारेको छ ।  कनकाई नगर खेलकुद विकास समिती र कनकाई नगर शिक्षा शाखाको आयोजनामा कनकाई माविको खेलमैदानमा भएको राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले २३ स्वर्ण पदक प्राप्त गर्दै उत्कृष्ट बनेको हो  । 

अब जिल्लाको लागि छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको कनकाई माविले ७ रजत र १४ कास्य पदक प्राप्त गरेको छ । आयोजक समितिका अध्यक्ष जविन तिम्सिना साथै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले उत्कृष्ट खेलाडीहरुलाई नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरे । 

प्रतियोगिताको दोस्रो स्थानमा आदर्श विद्या मन्दिर घैलाडुवा छनौटमा पर्न सफल भएको छ । घैलाडुवाले ७ स्वर्ण, ११ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए । त्यस्तै तेस्रो स्थानमा पर्न सफल भृकुटी मावि दुर्गापुरले ३ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । चौथो स्थानमा परेको चम्पापुर माविले ३ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त गरेको  जनाइएको छ । 

अन्य विद्यालयहरुमा हिमाली मावि लक्ष्मीपुरले २ स्वर्ण, २ रजत र २ कास्य पदक ल्याउँन सफल भएको बताइएको छ । पशुपति माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेको छ । सरस्वती माविले १ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्न सफल भएको बताइएको छ । त्यस्तै माथिभाराले १ स्वर्ण र कास्य १ पदक प्राप्त गर्न सफल भएको बताइएको छ । त्यस्तै ग्लोबल एडुकेयरले ३ रजत र १ कास्य, दिव्यरत्नले १ रजत र १ कास्य, प्यारागनले २ कास्य, हरिकुलले २ रजत र २ कास्य, देवकोटाले १ रजत र झापा मेरीगोल्डले १ रजत पदक प्राप्त गर्न सफल भएको नगर  समितिका अध्यक्ष  तिम्सिनाले जानकारी दिए ।

कनकाई मावीको खेलमैदानमा यही माघ २३ देखि २५ गते सम्म सन्चालन भएको प्रतियोगितमा विभिन्न ४२ वटा विधा समेटिएको थियो भने अब समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन्  प्रतियोगितामा कबडी, एथलेटिक्स, भलिवल, टेवल टेनिस र मार्सल आर्ट लगायतका विभिन्न विधामा हुने प्रतियोगिता सम्पन्न गर्न आयोजक समितिले जनाएको छ ।  विभिन्न बिधागत उपसमिति समेत बनाईएको कनकाई नगर खेलकुद विकास समितिका सदस्य गोविन्द उप्रेतीले जानकारी गराउनु भएको छ।