दुधे । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाको दुधे सेवा केन्द्र अन्तरगत समुहमा आवद्ध सदस्यको ऋण मिनाह गरेको छ । 

सहारा नेपाल साकोस सेवा केन्द्र दुधेले समुहमा आवद्ध सदस्यको बिहिबार (आज) एक कार्यक्रमका बिच १० लाख रुपैयाँ ऋण मिनाह गरेको हो । सेवा केन्द्रले सोही कार्यक्रमका बिच ऋण मिनाह बापतको रकम सम्बन्धित सदस्यहरुलाई हस्तान्तरण गरेको छ । 

झापाको शिवसताक्षी वडा न. ९ स्थित सुन्दर सहारा महिला समूह समूह न ०४३ की सदस्य टीकादेबी दंगालको मृत्यु भएपछि मृतक सदस्यका श्रीमान धनेन्द्र दंगाल लाई ८ लाख रुपैयाँ ऋण मिनाह गरेको हो । 

त्यस्तै देउराली सहारा महिला समुह, समुह न. १११ को सदस्य मिना तुम्बापोको मृत्युपछि  हकवाला श्रीमान बुधराज काम्बाङ्गलाई  ५० हजार रुपैयाँ, शिवसताक्षीमा रहेको शिवसताक्षी सहारा महिला समुह, समुह न. १२५ की सदस्य खिनमाया योङहाङ्गका श्रीमान सूर्यबहादुर लिम्बुको मृत्युपछि एक लाख ५० हजार रुपैयाँ रुपैयाँ ऋण मिनाह गरेको सेवा केन्द्र प्रमुख मेनुका शिवाकोटीले जानकारी दिइन् । 

शिवसताक्षी ९ की वडा सदस्य रञ्जना कार्कीको अध्यक्षता भएको वित्तिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रममा १० लाख बराबरको ऋण मिनाह गरेको जनाइएको छ ।सहारा नेपाल साकोस सेवा केन्द्र दुधेका सहयोग समिति सदस्य भिम लिवाङ्ग, गिता सुबेदी, अनुगमन अधिकृत चुडामनी कटेललगायत सेवा केन्द्र दुधेका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।