बिर्तामोड । 

झापाको बिर्तामोडमा ७ बर्ष अघिदेखि सञ्चालिन तेजस्वी कम्युटर सपोर्ट नयाँ संरचना तथा सुबिधासहित सञ्चालनमा आएको छ । बिर्तामोडस्थित काँकडभिट्टा रोड प्रभु वैंकको माथिल्लो तलामा सञ्चालन हुँदै आएको तेजस्वी कम्युटर सपोर्ट बुधवार (आज) देखि भद्रपुर रोडस्थित  माछापुच्छे बैंक रहेको भवनमा सरेको हो । 

अहिलेको युग सूचना र प्रविधिको समय रहेको र कामलाई छिटो, छरितो, पारदर्शी तथा विश्वसनीय तरिकाबाट गर्न र त्यसका लागि आवश्यक सवै सामाग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने उदेश्यले नयाँ संरचना र सुविधासहित उक्त स्थानमा सारेको तेजस्वी कम्युटर सपोर्टका प्रोप्राइटर कृष्णप्रसाद घिमिरेले जानकारी दिए । सपोर्टले आइटी सम्बन्धी सम्पूर्ण सामाग्री विक्री तथा बिक्रीपछिको मर्मत सेवा छिटो तथा छरितो रुपमा प्रदान गर्दै आएको छ । 

तेजस्वी कम्प्युटर सपोर्ट सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रूपमा बिगत ६ कार्य गर्दै आएको छ । सो फर्म नेपालका लागि आधिकारिक राष्ट्रिय बितरक म्याक्सिमा मल्टि नेशनल ट्रेडिङ प्रालिको पुर्वाञ्चल प्रतिनिधिका रुपमा काम गर्दै आइरहेको जनाइएको छ । त्यस्तै होम एप्लाइन्सेसहरु सान्सुई, पानासोनिक र केन्ट आरओको पनि तेजस्वी कम्प्युटर सपोर्ट आधिकारिक बिक्रेता भएको प्रो. घिमिरेले बताए  । सपोर्टबाट सामान खरिद गर्दा कम्पनीले तोकेको ग्यारेन्टी र वारेन्टीमा कुनै फेरबदल नगरिने घिमिरेको भनाई छ ।

krishna ggg

नयाँ स्थानमा उद्घाटन भएको कार्यक्रममा सेक्युरिटी सर्भिलेन्स हिकभिजन नेपालका लागि आधिकारिक बितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका सञ्चालक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मनिकुमार तामाङको प्रमुख आतिथ्य रहेको थियो । नयाँ स्थानमा सञ्चालनमा आएको सपोर्टको रिवन काटेर उद्घाटन गरिएको थियो  । 

कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, म्यक्सिमा मल्टिनेशनलका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी र सञ्चालक कमल तामाङ, हिक भिजन चाइनाका च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, टेक्निकल ईन्जिनियर सुप्रीम कोइराला, मार्केटिङ म्यानेजर अमर पुडासैनीलगायतको उपस्थिति रहेको थियो । 

तेजस्वी कम्प्युटर सपोर्टको ब्यवसायिक साझेदारको रुपमा बिर्तामोडमै रहेको प्रथम आइटी सिस्टम प्रालि रहेको र उक्त कम्पनीले आफ्नो उत्पादन सफ्टवेयर एसआईएमएसबाट अनलाइन नै स्टक ब्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत लोकप्रिय खनालले जानकारी दिए ।  नयाँ संरचना र सुबिधासहित सञ्चालनमा आएको सपोर्टको लगानी करिब दुई करोड रहेको सञ्चालक घिमिरेले जानकारी दिए ।