- रन्जित परियार
अर्जुनधारा ।
नेपाल शिक्षक संघ अर्जुनधारा नगरको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुजाता शिवाकोटी सभापतिमा चयन भएकी छिन् भने उप–सभापति खुल्लामा सुशील ढुङेल, महिलामा गंगा पोख्रेल, सचिवमा टंक न्यौपाने अर्थ सचिवमा रन्जित परियार, सह–सचिव खुल्ला डम्बर प्याकुरेल मिना श्रेष्ठ, समावेशीतर्फ बसन्त राजवंशी र सृजन राना मगर अर्थ सह–सचिवमा सरिता भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भुपालमान थापा, युवराज शिवाकोटी, बेदमाया निरौला, लक्ष्मीकुमारी भन्डारी, सीता श्रेष्ठ, सबिता गौतम, भवानीप्रसाद गौतम, रेनुका दाहाल, मनोरथ खतिवडा, भगवती रिजाल, चन्द्रकला सुवेदी, हरिप्रसाद पाठक चयन भएका निर्वाचन संयोजक चेतामणी खनालले जानकारी दिए ।
यसै क्रममा अनिवार्य अवकाश लिएका शिक्षकहरु गोबिन्द जोशी, मनिकलाल राजवंशी, कमला शिवाकोटी, डिल्ली खतिवडा, श्यामसुन्दर नेपाल, नारद कडरिया र डम्बर बजगाइलाई दुर्गादेवि सुबेदी कर्मचारी र रनबहादुर मगर लगायतलाई प्रशंसा पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । नवप्रवेशी शिक्षकहरु जानुका रसाइली, तेजकुमारी भट्टराई, खेमराज ओझा, अशोक गिरी, मनिष लुइँटेल, बिमला पोख्रेल, शैलेन्द्र आङ्गदम्बे, सृजन राना मगर, प्रमिला तिम्सिना, भवना आचार्य, कृष्ण रिजाल लगायतलाई स्वागत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेल, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, नेपाल शिक्षक महासंघ झापाका सस्थापक अध्यक्ष तेजप्रसाद चम्लागाइ, महाधिवेशन प्रतिनिधि रुपक दाहाल, सल्लाहकार कृष्ण पौडेल, भवानी लुइँटेल कन्काइ हस्पिटलका संचालक सदस्य युवराज डाँगी, युवराज कटेल लगायतले नवनिर्वाचित समिति, सम्मानित शिक्षाकर्मीहरुलाइ सफलताको कामनासहित शुभकामना दिएका थिए ।
नेपाल शिक्षक संघ अर्जुनधारा नगर सभापति सुजाता शिवाकोटीको सभापतित्वमा संचालित कार्यक्रम आर्थिक प्रतिवेदन अर्थ सचिव रन्जित परियारले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा पोख्रेलले र सहजीकरण सचिव टंक न्यौपानेले गरेका थिए ।


















