झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले  फ्रि भिसा फ्रि टिकटको निर्णय सुन्दा लोकप्रिय रहेपनि सबै देशका लागि समान रूपमा लागू गर्न कठिनाई  रहेको बताएका छन् । 

उनले फ्रि भिसा फ्रि टिकट सुधारका लागि छलफल भइरहेको बताएका छन् । उनले निजी क्षेत्रका व्यवसायीलाई निरूत्साहित गरेर नहुने बताउँदै रोजगारीलगायतका सबै कुरा तत्कालै स्वदेशमा नहुने र स्वदेशमा उत्पादन बढाउँदै लगेर बाध्यताको वैदेशिक रोजगार अन्त्य गर्नुपर्ने बताएका छन् । 

 मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलका कर्मचारीलाई कार्यालय समय भन्दा बाहिर श्रम स्वीकृति प्रदान गर्ने कार्य बन्द गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्री अर्यालले मन्त्रालयका उच्च अधिकारीहरूसँग वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलको निरीक्षण गरेका थिए । 

अनलाइन प्रणालीबाट पूर्व तथा अन्तिम श्रम स्वीकृति दिने व्यवस्था भएपनि कर्मचारीहरूले ढिलाइ गरेर रकम बार्गेनिङ गर्ने गरेको गुनासो सम्बन्धमा पटक–पटक प्रश्न उठाएका थिए ।

 मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो आधिकारिक पत्रकार सम्मेलनमा उपस्थित भएका मन्त्री अर्यालले अमर्यादित र विभेदपूर्ण देखेपछि रोजगारीका लागि विदेश जाने नेपाली कामदारको पृथक लाइन हटाएर सबैका लागि एउटै बनाएको बताए ।